News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल पुरुष फुटबल टोली १८०औं स्थानमा झरेको छ।
- नेपालले ९ र १४ अक्टोबरमा भियतनामसँग एसियन कप छनोट खेलमा पराजित भएको थियो।
- दक्षिण एसियामा भारत १३६औं, भुटान १८९औं, बंगलादेश १८३औं, माल्दिभ्स १७३औं र श्रीलंका १९३औं स्थानमा छन्।
३१ असोज, काठमाडौं । फिफा वरियतामा नेपाली पुरुष फुटबल टोली ४ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १८०औं स्थानमा खस्किएको हो ।
नेपालले गएको ९ अक्टोबर र १४ अक्टोबरमा भियतनामसँग एसियन कप छनोट खेलेको थियो जहाँ दुवै खेलमा पराजित भएको थियो ।
दक्षिण एसियाको शीर्षमा रहेको भारतको वरियता पनि खस्किएको छ । भारत २ स्थान तल झर्दै १३६औं स्थानमा पुगेको छ भने भुटान ३ स्थान खस्किएर १८९औं स्थानमा पुगेको छ ।
बंगलादेश १ स्थान माथि उक्लिएर १८३औं स्थानमा पुग्दा माल्दिभ्स २ स्थान तल झर्दै १७३औं स्थानमा पुगेको छ । श्रीलंका ४ स्थान माथि उक्लिएर १९३औं स्थानमा छ ।
शीर्ष वरियतामा स्पेन कायमै रहँदा अर्जेन्टिना तेस्रोबाट दोस्रोमा उक्लिएको छ । फ्रान्स तेस्रोमा झरेको छ ।
एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान १९औं स्थानमा यथावत् छ । इरान पनि २१औं स्थानमा यथावत् छ ।
प्रतिक्रिया 4