+
+
Shares

१७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ।
  • बोर्डले विशिष्ट चलचित्रकर्मीका लागि वार्षिक डेढलाख रुपैयाँ स्वास्थ्य उपचार बीमा सुविधा सुरु गरेको छ।
  • अध्यक्ष दिनेश डीसीले परिचयपत्र प्रदान गर्नु पेशागत पहिचान र अन्तर्राष्ट्रिय मान्यता दिलाउने कदम भएको बताए।

काठमाडौं । चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ । २ दशकभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका उनीहरूलाई शुक्रबार आयोजित समारोहमा परिचयपत्र बाँडियो ।

यसअघि ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ ८८ जनालाई प्रदान गरिएको थियो ।

बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीका लागि वार्षिक डेढलाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य चलचित्रकर्मीका लागि ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ ।

कार्यक्रमको अध्यक्षता बोर्ड अध्यक्ष दिनेश डीसीले गरेका थिए । विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम भएको बताए ।

उनले भने, ‘चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ ।’ सो अवसरमा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उपस्थिति रहेको थियो ।

कस-कसले पाए परिचयपत्र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?