+
+
Shares

प्रधानमन्त्रीको अपिल– चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं

राष्ट्रपति पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते १८:०३

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा भएको छलफलपछि उनले सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी हुन् ।

‘फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ । तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ,’ प्रधानमन्त्रीले एक्स (ट्विटर) मा लेखेकी छन्, ‘सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।’

राष्ट्रपति पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको पनि उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएको भन्दै चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको पनि बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?