
News Summary
Generated by OK AI. Editorially reviewed.- टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को २८ औं एपिसोडमा तिहार विशेष प्रस्तुति आउने मंगलबार प्रसारण हुनेछ।
- फिल्म ‘सोल्टिनी’का कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुले शोमा कमेडियनसँग देउसी भैली खेलेको प्रस्तुति समावेश छ।
- चर्चित कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ अध्यक्ष बनेर दुई एपिसोडसम्म शोमा देखिनेछन्, दीपाश्री निरौला अमेरिका भ्रमणमा भएकाले।
काठमाडौं । टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हरेक मंगलबार दर्शकमाझ आउँछ । पाहुना बोलाएर विभिन्न सन्दर्भमा हुने हाँस्यब्यंग्यको कारण शो चर्चित छ ।
यस्तोमा, आउने मंगलबार प्रसारण हुने २८ औं एपिसोडमा दर्शकले तिहार विशेष प्रस्तुति हुने पाउनेछन् ।
प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’का कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुले कमेडियनसँग देउसी भैली खेलेको प्रस्तुति यो एपिसोडमा समावेश छ ।
दर्शकलाई योभन्दा पनि नयाँ कुरा छ । चर्चित कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ अध्यक्ष बनेर शोमा देखिनेछन् । दीपाश्री निरौला केही समय अमेरिका भ्रमणमा रहेकाले उनको ठाउँमा माग्ने बुढा अध्यक्षको रुपमा देखिएको निर्देशक विशाल भण्डारीले जनाए ।
‘छक्कापञ्जा कमेडी टूर’को सिलसिलामा अमेरिका टूरमा रहेकी दीपाश्री दुई सातापछि स्वदेश फर्किने तयारी छ । निरौला नआउँदासम्म माग्ने बुढालाई दर्शकले अध्यक्षको रुपमा शोमा देख्न पाउनेछन् ।
‘उहाँ दुई एपिसोड अध्यक्षको रुपमा देखिनुहुनेछ’ निर्देशक भण्डारीले भने, ‘सिनियर कमेडियन अध्यक्षको रुपमा आउँदा रमाइलो अनुभव भयो ।’
नयाँ एपिसोडको ट्रेलर आइतबार बेलुका आउने जनाइएको छ ।
प्रतिक्रिया 4