
प्रतीकात्मक तस्वीर
२ कात्तिक, काठमाडौं । चितवनमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
कालिका नगरपालिका-७ गोर्खाली चोकस्थित सडकमा बा.प्र.०६-००२ प ७८८९ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ५६ वर्षीय रेशम थापा सवार साइकललाई शनिबार दिउँसो ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापालाई थप उपचारका लागि न्यूरो अस्पताल
काठमाडौं रिफर गरिएको थियो ।
उपचारको क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4