+
+
Shares

परिणीति-राघव बने आमाबुबा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय अभिनेत्री परिणीति चोपडाले २५ अगस्टमा पहिलो सन्तानको रुपमा पुत्रलाभ गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
  • परिणीतिले सामाजिक सञ्जालमा 'ऊ अन्ततः आइपुग्यो । हाम्रो प्यारो छोरा' लेख्दै खुसी बाँडिन्।
  • परिणीति र उनका श्रीमान राघव चड्डा सन् २०२३ सेप्टेम्बरमा विवाह गरेका थिए।

मुम्बई । भारतीय अभिनेत्री परिणीति चोपडा आमा बनेकी छन् । उनका श्रीमान राघव चड्डा र अभिनेत्रीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।

पहिलो सन्तानको रुपमा पुत्रलाभ गरेको उनीहरूले बताएका छन् ।

गत २५ अगस्टमा यी दुईले आफूहरू सन्तानको अभिभावक बन्न लागेको खबर सार्वजनिक गरेका थिए ।

आइतबार बाबु बनिसकेपछि परिणितीले सामाजिक सञ्जालमा खुसी बाँड्दै लेखेकी छन्, ‘ऊ अन्ततः आइपुग्यो । हाम्रो प्यारो छोरा । अब हामीलाई पुरानो जीवन यादै छैन । हाम्रो अँगालोमा उसले स्थान पाएको छ । हाम्रो हृदय अझै परिपूर्ण भएको छ । पहिले हामी एकअर्कासँग थियौं, अब हामीसँग सबै कुरा छ…।’

पेशाले लेखा परीक्षक समेत रहेका राघव राजनीतिज्ञ हुन् । ३६ वर्षीया परिणीतिले लामो समयको प्रेम सम्बन्धपछि राघवसँग सन् २०२३ सेप्टेम्बरमा विवाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?