News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलको घरेलु मैदान एनफिल्डमा २-१ ले जित हासिल गरेको छ।
- युनाइटेडका ब्रयान एमबेउमो र ह्यारी मागुएरले एक-एक गोल गरे भने लिभरपुलका कोडी गाक्पोले एक गोल फर्काए।
- जितसँगै युनाइटेडले ८ खेलमा १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ भने लिभरपुल १५ अंकसहित चौथो स्थानमा छ।
३ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि जित हासिल गरेको छ ।
गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो ।
युनाइटेडको जितमा ब्रयान एमबेउमो र ह्यारी मागुएरले १-१ गोल गरे । लिभरपुलका कोडी गाक्पोले एक गोल फर्काएका थिए ।
खेलको दोस्रो मिनेटमै अमादको पासमा एमबेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ७८औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे ।
तर ८४औं मिनेटमा मागुएरले युनाइटेडका लागि विजयी गोल गरे ।
जितसँगै ८ खेलमा १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल १५ अंकका साथ चौथोमा छ ।
प्रतिक्रिया 4