News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय अभिनेता राजीव पिल्लईसँग नेपाली कलाकार राजेश हमाल र नीति शाहले एक म्युजिक भिडियोमा अभिनय गरेका छन्।
- म्युजिक भिडियोको आधा भाग काठमाडौंमा छायांकन गरिएको छ र बाँकी छायांकन हुन बाँकी छ।
- नीतिले भनिन्, "यो गीत इन्डो-नेपाल फ्रेन्डसिपबारे बनेको हो" र उनले पिल्लईको साथीको भूमिकामा अभिनय गरेकी छिन्।
काठमाडौं । दक्षिण भारतीय अभिनेता राजीव पिल्लईसँग नेपाली कलाकार राजेश हमाल र नीति शाहले एक म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्धमाथि आधारित उक्त सांगीतिक भिडियोको आधा भाग हालै काठमाडौंमा खिचिएको छ ।
मलायलम भाषाका सुपरस्टार पिल्लईले इन्स्टाग्राममार्फत काठमाडौं छायांकनबारे जानकारी दिएका छन् । वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा उनलाई नीतिसँग हिँडेको देख्न सकिन्छ ।
‘खासमा यो भिडियोमा राजेश हमाल र पिल्लईले अभिनय गर्नुभएको छ । मैले पिल्लईको साथीको भूमिकामा अभिनय गरेकी छु’ नीतिले अनलाइनखबरसँग भनिन् ।
भिडियोको आधा भाग छायांकन हुन बाँकी रहेको जानकारी उनले दिइन् । ‘यो गीत इन्डो-नेपाल फ्रेन्डसिपबारे बनेको हो’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4