 
																			९ कात्तिक, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सचिवालयको नेतृत्व फेरबदल गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको सचिवालयमा गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमालले नेतृत्व गरेका थिए । अहिले उनको ठाउँमा प्रकाश पौडेललाई सरुवा गरिएको हो ।
सरकारले हमाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरेको छ भने बाराका प्रमुख जिल्ला अधिकारी पौडेललाई आयोगको सचिवालयको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको हो ।
जाँचबुझ आयोगको सचिवालयमा सरकारले एकजना सहसचिव, एक उपसचिव काजका लागि खटाएको छ । जाँचबुझमा सहयोग गर्न प्रहरी र सरकारी वकिल समूहका कर्मचारीहरू पनि खटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4