 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति ९ बजे पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जाने भएका छन्।
- जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
- देउवाले २८ गते केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए ।
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4