+
+
Shares

साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री शरीफ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ८:०९

११ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ साउदी अरब पुगेका छन् । ‘फ्यूचर इन्भेस्टमेन्ट इनिसिएटिभ (एफआईआई) को नवौं सम्मेलनमा भाग लिन उनी पाकिस्तानी प्रतिनिधिमण्डलका साथ साउदी पुगेका हुन् ।

रियादको किङ्ग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शरीफ नेतृत्वको प्रतिनिधिमण्डलको स्वागतका लागि उपगभर्नर प्रिन्स मोहम्मद बिन अब्दुलरहमान बिन अब्दुलअजीज, पाकिस्तानका लागि साउदीका राजदूत नवाफ बिन सईद अल–मलिकी र साउदीका लागि पाकिस्तानका राजदूत अहमद फारूक विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री शरीफको सचिवालयका अनुसार साउदी पुगेको उच्चस्तरीय प्रतिनिधिमण्डलमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डार पनि सहभागी छन् ।

प्रधानमन्त्री शरीफले साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र विश्वका अन्य नेताहरुसँग भेटवार्ता पनि गर्ने बीबीसीले जनाएको छ ।

साउदीका क्राउन प्रिन्ससँगको द्विपक्षीय बैठकमा व्यापार, लगानी, ऊर्जा र जरूरी संशाधनको क्षेत्रमा सहयोग वृद्धिबारे छलफल हुने बीबीसीको हिन्दी अनलाइन संस्करणमा समाचार छ ।

हालै पाकिस्तान र साउदी अरबले सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा दुईमध्ये कुनै एक देशमाथि कसैले आक्रमण गरे दुवै देशमाथिको आक्रमण मानिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?