+
+
Shares

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यसरी बिदा गरियो छठ (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ कात्तिक ११ गते ८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर भक्तिपूर्वक सम्पन्न भएको छ।
  • काठमाडौंको गौरीघाटमा ७०० भन्दा बढी छठ पूजास्थल निर्माण गरी पाँच लाखभन्दा बढीले पूजा गरेका थिए।
  • सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत मान्दै तराई-मधेश र काठमाडौं उपत्यकामा छठ पर्व उल्लासका साथ मनाइएको छ।

११ कात्तिक, काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

छठ पर्व तराई-मधेशसहित काठमाडौं उपत्यकामा उल्लासका साथ मनाइएको छ । काठमाडौंमा पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा छठ मनाइएको छ ।

गौरीघाटमा यसपटक ७०० भन्दा बढी छठ पूजास्थल निर्माण गरिएको थियो । त्यहीँ पुगेर बिहानै भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् ।

यसपटक गौरीघाटमा पाँच लाखभन्दा धेरैले पूजा गरेको जनाइएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो सालको छठ समापन भएको छ ।

         

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?