+
+
Shares

सातौं लुम्बिनी महोत्सव ३ मंसिरदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १८:०५

११ कात्तिक, बुटवल । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीको आयोजनामा मंसिर पहिलो साता सातौं लुम्बिनी महोत्सव हुने भएको छ ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ ३ मंसिरदेखि २१ मंसिरसम्म महोत्सव गर्न लागिएको हो ।

संस्थाका अध्यक्ष  सचिन रोक्काले जेनजी आन्दोलनपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योगी व्यवसायीमा हौसला भर्न महोत्सव गर्न थालिएको बताए ।

मेलामा स्वदेशी र विदेशी उत्पादनका स्टल, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, होटल, रेस्टुरेन्ट, विद्युतीय सामग्री, छाला जुत्ता, लगायतका २ सय ५० स्टल रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलाको मुख्य आकर्षण र विशेषताका रूपमा भैरहवामा पहिलोपटक फिस टनेल, जलपरी र आइफिल टावरको आकृति, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष रोक्काले बताए ।

मेला अवधिमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पूर्ण क्षमतामा सञ्चालन, लुम्बिनीको पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास, लगायत विषयमा विषयविज्ञको सहभागितामा गोष्ठी समेत गरिने संस्थाकी महासचिव लक्ष्मी अधिकारीले बताइन ।

महोत्सव सफल बनाउनका लागि मुल आयोजक समिति र विभिन्न ३५ वटा उपसमिति, २५ सदस्यीय विशेष सलहकार समिति र १५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

भैरहवामा स्थायी मण्डप नहुँदा विगत केही वर्षदेखि निजी व्यक्तिको जग्गा सिद्धार्थनगर-८ मा लाग्दै आएको स्थलमा नै महोत्सव हुनेछ ।

महोत्सवमा ३ लाख ५० हजार बढीले अवलोकन गर्ने र १ करोड ३२ लाख अनुमानित लागत लाग्ने उपाध्यक्ष राममिलन यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?