 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले १४ कात्तिकमा विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि 'बृहत् राजनीतिक संवाद' आयोजना गर्ने निर्णय गरेको छ।
- रास्वपाले लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवद्र्धनका लागि बृहत् एकता र सहकार्यको रेखाङ्कन गर्ने उद्देश्य राखेको छ।
- पार्टीले २५ कात्तिकसम्म मतदाता नामावली दर्ता सहजीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको छ । रास्वपाको सचिवालय बैठकले १४ कात्तिकमा ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दुई दिनसम्म चलेको पार्टीको सचिवालय बैठकले विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको जानकारी दिए ।
‘नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरिएको छ’, उनले भने ।
आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवद्र्धनका लागि बृहत् एकता र सहकार्यको रेखाङ्कन र उन्नत रूपान्तरणका लागि आसन्न निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता नै ‘बृहत् राजनीतिक संवाद’ को उद्देश्य रहेको रास्वपाले जनाएको छ ।
रास्वपाले सचिवालय बैठकमार्फत् मतदाता नामावली दर्ता सहजीकरण अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकको सहजीकरणका लागि पार्टी संयन्त्र रहेको वडादेखि जिल्ला तहमा २५ कात्तिकसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
‘पार्टी सचिवालय सदस्य गणेश पराजुलीले पार्टीको केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसँगको समन्वयमा मतदाता नामावली दर्ता सहजीकरण अभियानको संयोजन गर्नुहुने छ’, उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4