 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको सञ्चारतर्फ २५ करोड ९४ लाख रुपैयाँ बराबरको ठूलो क्षति भएको छ।
- डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चार साधन र सूचना प्रविधिमा क्रमशः २५ करोड ९४ लाख र १ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरेको छ।
- आन्दोलनका क्रममा प्रहरीका सञ्चार सेटहरु लुटेर लगिएको र क्षति पुगेको खुलाइएको छ।
१२ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको सञ्चारतर्फ पनि ठूलो क्षति भएको छ ।
आन्दोलनमा प्रहरीतर्फ भएको क्षतिलगायत विवरणको अध्ययन गर्न बनाइएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चारतर्फ पनि ठूलो क्षति भएको औंल्याएको छ ।
रेग्मी समितिको प्रतिवदेनमा सञ्चार साधनतर्फ मात्रै २५ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।
आन्दोलनको क्रममा प्रहरीका सञ्चार सेटलगायतमा क्षति भएको थियो । केही सञ्चार सेट आन्दोलनकारी लुटेर लगेका थिए ।
त्यस्तै सूचना प्रविधितर्फ १ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4