+
+
Shares

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १८:२०

१२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकामा ५६ हजार ६७३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।

महानगरका मेयर बालेन साहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकामध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति र २ जना एचआईभी संक्रमित व्यक्ति रहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा महानगरबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको र तीमध्ये ८४ हजार ७०४ जनाले बहिरङ सेवा लिएको उनले बताएका छन् ।

यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण भएको र १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार १ हजार ८७ जना विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको छ ।

बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?