१२ कात्तिक, विराटनगर । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको असरबाट हुने जोखिमलाई मध्यनजर राखेर मेची राजमार्गको इलाम खण्डमा बिहीबार राति सवारी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो ।
गत १८ असोजको बाढीपहिरोका कारण इलाम जिल्ला बढी प्रभावित भएको छ । पहिरोले अवरुद्ध मेची राजमार्ग दुई साता बन्द भएको थियो । वर्षा हुँदा पहिरोको जोखिम हुने भएका कारण १३ कात्तिक साँझ ७ बजेदेखि सवारी चलाउन रोक लगाइएको हो ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म चक्रवातको प्रभाव पर्नेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जारी गरेको सूचनामा मेची राजमार्गको धेरै स्थानमा जोखिम भएका कारण सम्भावित दुर्घटनालाई रोक्न राति सवारी आवागमनमा रोक लगाइएको हो ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4