 
																			१२ कात्तिक, काठमाडौं । बालुवाटारमा सरकार र राजनीतिक दलहरूसँगको छलफलमा जुटेका जेनजी प्रतिनिधिहरूले चुनावमा सहभागी हुन अनुरोध गरेका छन् ।
बुधबार राति अबेरसम्म भएको त्रिपक्षीय वार्ताका क्रममा जेनजी प्रतिनिधिहरूले दल बिना चुनाव हुननसक्ने र सहभागी हुन आग्रह गरेका हुन् ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, संसद् पुनर्स्थापनाको एजेन्डामा नलाग्न जेनजीहरूले आग्रह गरेका छन् ।
‘संसद्मा रहेका राजनीतिक दलहरू चुनावमा आउनुहोस् । दल बिना चुनाव हुन सक्दैन,’ जेनजीहरूको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘तपाईंहरू संसद् पुनर्स्थापनामा नलागिदिनुस् । चुनावमा आइदिनुस् भन्नुभयो ।’
उनीहरू भ्रष्टाचार नियन्त्रण हुन नसकेको, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको लगायतका विषयमा आफूहरूले आन्दोलन गरेको उनीहरूले बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4