 
																			१३ कात्तिक, काठमाडौं । हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ सर्दी खोला घर भएका २१ वर्षीय पासाङ भनिने सुरज राई छन् । जेनजी आन्दोलन हुँदा उनी प्रहरी वृत्त गौशालाको हिरासतमा थिए । लागुऔषध मुद्दाको कसुरमा उनी पक्राउ परेका थिए ।
२४ भदौमा आन्दोलनको क्रममा हिरासतबाट निस्केका उनै राईले प्रहरी वृत्त गौशालामा आगजनी गरेका थिए । हिरासतबाट निस्केर आगजनी गरेको भिडियोमा देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले उनलाई पशुपति क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो । प्रहरी वृत्त गौशालामा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4