 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा तिते करेला, लौका र घिरौँलोको मूल्य बढेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि जारी गरेको मूल्यसूचीले यी तरकारीको मूल्य बढेको देखाएको हो।
- तिते करेलाको मूल्य ३२ रुपैयाँले बढेर ८७ रुपैयाँ, लौका १२ रुपैयाँले बढेर ६७ रुपैयाँ र घिरौँलो १० रुपैयाँले बढेर ६५ रुपैयाँ पुगेको छ।
१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेला, लौका र घिरौँलोको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूचीले यी तरकारीको मूल्य बढेको देखाएको हो ।
आज बिहीबार तिते करेलाको मूल्य प्रतिकिलो थोकमा ३२ रुपैयाँ बढेको छ । हिजो बुधबार ५५ रुपैयाँ किलोमा किनबेच भएको तिते करेला आज बिहीबार ८७ रुपैयाँ पुगेको छ ।
यस्तै लौका पनि आज प्रतिकिलो १२ ले बढेर ६७ रुपैयाँ पुगेको छ । हिजो बुधबार किलोको ५५ रुपैयाँमा किनबेच भएको थियो ।
हिजो बुधबार प्रतिकिलो थोकमा ५५ रुपैयाँमा किनबेच भएको घिरौँलो आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4