+
+
Shares

‘मिस अर्थ’ मा चम्किइन सोनी : नेपालसामु ७ वर्षपछि इतिहास दोहोर्‍याउने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालकी सोनी घलेले फिलिपिन्समा जारी मिस अर्थ २०२५ को ट्यालेन्ट राउण्डमा स्वर्ण पदक जितेकी छिन्।
  • फेसन म्यागजिन मिसोलोजीले सोनीलाई बलियो प्रतिस्पर्धी र सेमीफाइनलिस्ट बन्ने दावेदारको रुपमा प्रस्तुत गरेको छ।
  • सन् २०१८ पछि नेपाललाई मिस अर्थको सेमिफाइनलमा फिर्ता ल्याउने सम्भावना सोनीमा देखिएको छ।

काठमाडौं । यदि तपाईं सौन्दर्य प्रतियोगितालाई पछ्याउनुहुन्छ भने यतिबेला सबैको ध्यानमा फिलिपिन्समा जारी ‘मिस अर्थ २०२५’ को प्रतिस्पर्धामा केन्द्रित छ ।

प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व मिस नेपाल अर्थ सोनी घलेले गरिरहेकी छिन् । केही दिनअघि उनले ‘ट्यालेन्ट राउण्ड’मा स्वर्ण पदक जितेपछि त उनको चर्चा नेपालमात्र होइन, विदेशमा समेत चुलिएको छ ।

स्वर्णसँगै उनले सबैको ध्यान खिचेकी छन् । फेसन म्यागजिन मिसोलोजीले त बलियो प्रतिस्पर्धीको रुपमा सोनीले आफूलाई प्रस्तुत गरिरहेको बताएको छ । ‘के उनले आफूलाई सेमी-फाइनलिस्टको रुपमा अघि बढाउलिन् ?’ म्यागजिनले भनेको छ ।

मिसोलोजीले लेखेको छ, ‘नेपालकी सोनी घले बिस्तारै यस संस्करणको सबैभन्दा बलियो दावेदार मध्ये एक बन्दैछिन् । के उनी सन् २०१८ पछि नेपाललाई मिस अर्थको सेमिफाइनलमा फिर्ता ल्याउने व्यक्ति हुनेछिन् ? हामी हेरिरहेका छौं ।’

सन् २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी प्रिया सिग्देलले त्यतिबेला फिलिपिन्समै सम्पन्न ‘मिस अर्थ २०१८’मा सेमीफाइनलमा प्रवेश गरेकी थिइन् । उनले त्यतिबेला ‘बेस्ट इको भिडियो’ अवार्ड पनि जितेकी थिइन् ।

सोनीलाई प्रतिस्पर्धामा भोट गर्न द हिडन ट्रेजरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?