 
																						फाइल तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले जेनजी आन्दोलनको क्रममा १ लाख २० हजार ६६१ मिटर प्रहरी पोशाक हराएको प्रतिवेदन बुझाएको छ।
- हराएको पोशाकमा ट्राफिक पोशाक, बर्दी र गर्भवती महिलाले लगाउने पोशाकहरु रहेका छन्।
- प्रतिवेदनमा गायब पोशाकको मूल्य र लुटिएको वा जलेको पोशाकको संख्या खुलाइएको छैन।
१३ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक हराएका छन् ।
आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ । जसमा १ लाख २० हजार ६६१ मिटर बराबरको प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ ।
जसमा ट्राफिक पोशाक, बर्दी, गर्भवती महिलाले लगाउने पोशाकहरु रहेको उल्लेख छ । जसमध्ये कति पोशाक लुटिए, कति जले भन्ने खुल्न नसकेको बताइएको छ ।
गायव भएका पोशाकको मूल्यका बारेमा भने प्रतिवेदनमा केही उल्लेख गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4