+
+
Shares

२६०० अंकमा सेयर बजार, साढे ७ अर्ब बढीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार नेप्से सूचकांक बिहीबार २६००.३८ अंकमा पुगेको छ, जुन अघिल्लो दिनभन्दा ३४.२२ अंकले बढी हो।
  • कारोबार रकम ७ अर्ब ५१ करोड पुगेको छ, जसमा हिमालयन बैंकको संस्थापक सेयरको १ अर्ब ६६ करोडको कारोबार प्रमुख छ।
  • २१६ कम्पनीको मूल्य बढेको र २८ कम्पनीको घटेको छ, हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ।

१३ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार २६०० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३४.२२ अंक बढेसँगै नेप्से २६००.३८ मा कायम भएको हो ।

कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोडको भयो । आज हिमालयन बैंकको संस्थापक सेयर मात्रै १ अर्ब ६६ करोडको कारोबार भएकाले उल्लेख्य बढेको हो ।

२१६ कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो । त्यस्तै ५ कम्पनीको स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढ्यो ।

बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार ०.८८ प्रतिशत बढे ।

गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सुपर मादी हाइड्रोपावरको ९.५४, गणपति लघुवित्तको ९.४६, पिपुल्स हाइड्रोपावरको ९.०८ प्रतिशत मूल्य बढ्यो ।

आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशत घट्यो । उपकार लघुवित्तको ३.९६ तथा हिमालयन पावर पार्टनरको ३.७५ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन बैंक संस्थापक, राधि विद्युत्, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर कम्पनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?