News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
- सभाले शेयरधनीका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
- आर्थिक वर्ष २०८२/८३ का लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको छ।
१३ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बुधबार सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर तथा १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आ.व. २०८२/८३ को लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4