+
+
Shares

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढल्यो : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ गते नेपालको सुरक्षा निकाय तत्कालीन सरकारबाट अलग हुँदा केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको बताएका छन्।
  • पोखरेलले भने, सुरक्षा निकायको कुरा छ– क्षति कम गर्नका लागि हामीले यस्तो गर्नुपर्‍यो र २४ गते जति मान्छे मरे त्यो २३ गतेभन्दा बढी भएको उल्लेख गरे।
  • उनले जेनजी आन्दोलन, अन्तरिम सरकार गठन, प्रतिनिधि सभा विघटन र आगामी चुनाव मिति तोकिएको विषयमा दाङमा पत्रकार सम्मेलन राखेका थिए।

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सुरक्षा निकाय तत्कालीन सरकारबाट अलग हुँदा केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको बताएका छन् ।

बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

राज्य भनेको सरकार मात्रै होइन । राज्य भनेको सुरक्षा अंगसहित हो । अखिर हामीले बुझ्ने राज्य त त्यही हो,’ पोखरेलको प्रश्न छ, ‘व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकासँग सुरक्षा निकाय अलग भइदिने हो भने त्यो राज्य चल्छ ?’

गत भदौ २४ गते यस्तै भएको उनको भनाइ छ ।

महासचिव पोखरेलले अगाडि भनेका छन्, ‘२४ गतेको घटनामा नेपालको सुरक्षा निकाय तत्कालीg सरकारबाट अलग हुँदाको परिणाम सत्ता परिवर्तन भयो ।’

तर, सुरक्षा निकायकाले क्षति कर्म गर्न त्यस्तो गर्नुपर्ने भन्ने गरेको भन्दै उनले खण्डन गरे ।

‘यद्यपि, सुरक्षा निकायको कुरा छ– क्षति कम गर्नका लागि हामीले यस्तो गर्नुपर्‍यो भन्छन्’ पोखरेल थप्छन्, ‘मानवीय क्षति कम भयो भन्ने मान्ने हो भने २३ गते जति मान्छे मारिए त्यो भन्दा धेरै मान्छे २४ गते मरे । सम्पदामाथिको क्षतिको कुरा गर्नु हो भने त्यो अकल्पनीय छ ।’

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए ।

त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था रहेन । पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् ।

जेनजी आन्दोलन, अन्तरिम सरकार गठन, प्रतिनिधि सभा विघटन र आगामी कदमका सन्दर्भमा धारणा सार्वनिक गर्न एमाले महासचिव पोखरेलले दाङमा पत्रकार सम्मेलन राखेका थिए ।

जहाँ उनले नेपालको सुरक्षा निकाय तत्कालीन सरकारबाट अलग हुँदा सत्ता परिवर्तन हुन पुगेको टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?