१३ असोज, काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान रेशम चौधरीले बिहीबार दर्ता गरेको नयाँ दलमा प्रवेश गरेका छन् ।
जनमतको उपाध्यक्ष पद छोडेका खान नयाँ दल दर्ता गर्ने क्रममा रेशमसँगै निर्वाचन आयोग पुगेका हुन् ।
जेनजी आन्दोलन पछि रेशमले नयाँ दल गठन गरेको घोषणा गरेका थिए । पत्नि रञ्जिता श्रेष्ठसँग पार्टीभित्र विवाद निरन्तर भएपछि रेशमले नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नेपाल) गठन गरेका हुन् ।
अब्दुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4