+
+
Shares

थबाङमा वडाध्यक्ष आफैंले लगाए कार्यालयमा ताला, गाउँपालिकामा बुझाए साँचो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १६:१३

१३ कात्तिक, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिकाका एक जना वडाध्यक्षले कार्यालयमा ताला लगाएका छन् ।

बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडा-२ का अध्यक्षले वडा कार्यालयमा ताला लगाएर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई चाबी बुझाएका हुन् ।

वडाध्यक्ष अभिलाषा रोका कार्यालयमा ताला लगाएपछि साँचो बुझाउन गाउँपालिका कार्यालय पुगेका थिए ।

वडाको विकास निर्माणमा निरन्तर ढिलासुस्ती र जनगुनासोप्रति गाउँपालिकाको बेवास्ता भएको उनको गुनासो छ ।

वडाध्यक्ष बुढामगरका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध रहेको र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा समेत गाउँपालिका अध्यक्षले बेवास्ता  गरेको उनको आरोप छ ।

साँचो बुझाउँदै उनले भने, ‘जनताको माग र गुनासोमा गाउँपालिकाले कुनै ध्यान दिएको छैन । म पनि जनताकै पक्षमा उभिन बाध्य भएको छु । समस्या तत्काल समाधान नभए पदबाट राजीनामा दिन्छु।’

स्थानीयहरूले लामो समयदेखि सेवा–सुविधा, आवतजावत र विद्युत् आपूर्तिमा समस्या झेल्दै आएको र बारम्बार गुनासो गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।

वडा कार्यालयमा ताला लगाएका उनले बाहिरै बसेर जनतालाई नियमित सेवा दिने बताए ।

गाउँपालिका अध्यक्ष ऋषिकेश बुढामगरले भने आफू हाल केन्द्र बाहिर रहेको र यसबारे कुनै जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?