१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन् ।
उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् । उनीहरूले अहिले दल दर्ताको आवश्यक कागजात आयोगसमक्ष पेश गर्न लागेका हुन् ।
पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ ।
चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् ।
अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो ।
श्रेष्ठ र चौधरीको समूह फरक–फरक थियो ।









प्रतिक्रिया 4