 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योगमा विद्युत् कटौतीपछि बेरोजगार भएका ३० हजार श्रमिकको जिम्मा सरकारले लिनुपर्ने बताएको छ।
- युनियनले विद्युत् कटौतीले हजारौं श्रमिकको रोजगारी, आम्दानी र जीविको पार्जन संकटमा परेको र यो गैर जिम्मेवार काम भएको उल्लेख गरेको छ।
- युनियनले उद्योगमा विद्युत् जोड्न र विद्युत् महसुल भुक्तानी विवाद कानुनी प्रक्रियाबाट समाधान गर्न माग गरेको छ।
१३ कात्तिक, काठमाडौं । समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योगमा विद्युत् कटौतीपछि बेरोजगार भएका श्रमिकको जिम्मा सरकारले लिनुपर्ने बताएको छ ।
एक प्रेस वक्तव्य जारी गर्दै युनियनले ठूला उद्योग प्रतिष्ठानमा विद्युत् कटौती हुँदा तीस हजार श्रमिक प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा प्रभावित भएको दाबी गरेको छ ।
‘यस कार्यले हजारौं श्रमिकको रोजगारी, आम्दानी र जीविको पार्जन संकटमा परेको छ, जुन पूर्ण रुपमा गैर जिम्मेवार, अमानवीय, राष्ट्र र श्रमिक विरोधी काम हो’ युनियनले भनेको छ ।
उद्योग व्यवसाय चलाउन पाउने अधिकार, श्रमिकको काम गर्ने अधिकार र परिवार पाल्ने अधिकार संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएको भन्दै युनियनले तत्काल उद्योगमा विद्युत् जोड्न माग गरेको छ ।
विद्युत् महसुल भुक्तानी विवाद कानुनी प्रक्रियाबाट समाधान गर्न युनियनले माग गरेको छ । सरकारी निकायको आन्तरिक विवाद वा भुक्तानी सम्बन्धी विवादको भार श्रमिकमाथि थोपार्नु गैर जिम्मेवार र अमानवीय काम भएको युनियनले बताएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4