+
+
Shares

३६ दिनमा थपिए ८५ हजार १०७ नयाँ मतदाता

अध्यादेशअनुसार आयोगले मतदाता नामावली संकलन गत असोज ९ गतेबाट सुरु गरेको हो । जस अन्तर्गत मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले पछिल्लो ३६ दिनमा ८५ हजार १०७ मतदाता नामावलीमा थपिएका छन्।
  • मतदाता नामावली संकलन कात्तिक ३० गतेसम्म जारी रहनेछ र १६ वर्ष पूरा भएका नागरिकले नाम दर्ता गर्न सक्नेछन्।
  • आयोगले असोज ९ गतेदेखि मतदाता नामावली संकलन सुरु गरेको र त्रुटि सच्याउन तथा ठाउँसारी गर्न सकिने जनाएको छ।

१३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले पछिल्लो पटक मतदाता नामावली संकलन सुरु गरेको ३६ दिन भयो । यसबीचमा ८५ हजार १०७ मतदाता थपिएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौंबाट ११ हजार २३० जना मतदाता थपिएका छन् ।

ललितपुरबाट ४ हजार ९९३ जना, भक्तपुरबाट ३ हजार ४३७ जना, मोरङबाट ३ हजार २८४ जना, चितवनबाट ३ हजार ६३ जना, रुपन्देहीबाट ३ हजार ३२ जना, झापाबाट २ हजार ९७८ जना, सुनसरीबाट २ हजार ६२३ जना, सप्तरीबाट २ हजार ३५५ र बाराबाट २ हजार ३३१ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । जारी मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वत: स्थगित हुने प्रावधान छ ।

तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन सरकारले अध्यादेश ल्याएको हो ।

अध्यादेशअनुसार आयोगले मतदाता नामावली संकलन गत असोज ९ गतेबाट सुरु गरेको हो । जस अन्तर्गत मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।

यसका अलावा विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । मतदाता नामावलीमा नाम तथा अन्य विवरणमा त्रुटि भएमा पनि सच्याउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?