+
+
Shares

‘ह्वाइटआउट’ अवस्थामा हेलिकप्टर उडाउन नपाइने, प्राधिकरणले ल्यायो नयाँ सर्कुलर

हेलिकप्टरको खुट्टा (ल्यान्डिङ प्लेट) मा नचिप्लिने वस्तु (बियर पज) जडान गरी सुरक्षित बनाउन समेत प्राधिकरणले सबै कम्पनीलाई भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँ र कुहिरोका कारण व्यावसायिक हेलिकप्टर उडानमा नयाँ नियम जारी गरेको छ।
  • प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई हेलिप्याडमा नचिप्लिने वस्तु जडान गर्न र मार्सलर राखेर उडान/अवतरण गर्न निर्देशन दिएको छ।
  • सोलुखुम्बु लोबुचेमा हेलिकप्टर दुर्घटना पछि प्राधिकरणले कम्पनी, पाइलटसँग छलफल गरी नयाँ सर्कुलर जारी गरेको छ।

१३ कात्तिक, काठमाडौं । हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ ।

प्राधिकरणले सबै हेलिकप्टर कम्पनीका नाममा बिहीबार सर्कुलर जारी गरेको हो । बुधबार अल्टिच्युड एयरको ‘९एन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भएसँगै प्राधिकरणले हिमाली भेग र उचाइमा व्यावसायिक उडान गर्ने हेलिकप्टर उडानका हकमा नयाँ नियम जारी गरेको हो । प्राधिकरणले कम्पनी, पाइलट र सरोकारवालासँग आज छलफल गरेको थियो ।

हेलिकप्टरको खुट्टा (ल्यान्डिङ प्लेट) मा नचिप्लिने वस्तु (बियर पज) जडान गरी सुरक्षित बनाउन समेत प्राधिकरणले सबै कम्पनीलाई भनेको छ ।

उचाइमा व्यावसायिक उडान हुने स्थानमा ‘मार्सलर’ राखेर उडान/अवतरण गराउन समेत प्राधिकरणले भनेको छ । मार्सलरले जमिनमा बसेर उडान/अवतरणमा सहजीकरण गर्छन् । हेलिप्याडमा उडान/अवतरण गर्नु अगाडि हिँउ तथा अन्य वस्तु सफा गरेरमात्र सञ्चालन गर्नसमेत प्राधिकरणले भनेको छ । प्राधिकरणले दर्ता भएका सबै हेलिकप्टर कम्पनीलाई सर्कुलर आजै पठाइसकेको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?