+

एनएसपीएल : काठमाडौं किंग्सको जर्सी र एन्थम सार्वजनिक

२०८२ कात्तिक  १३ गते २१:०३ २०८२ कात्तिक १३ गते २१:०३
एनएसपीएल : काठमाडौं किंग्सको जर्सी र एन्थम सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं किंग्सले एनएसपीएल २०२५ का लागि आफ्नो जर्सी र अफिसियल एन्थम दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा सार्वजनिक गरेको छ।
  • अध्यक्ष अमित अग्रहरीले काठमाडौं किंग्सको तयारी राम्रो रहेको र मैदानमा राम्रो प्रदर्शन गर्न शुभकामना दिएका छन्।
  • डिजिआर स्पोर्ट्सको आयोजनामा नोभेम्बर १ देखि १० सम्म मुलपानी क्रिकेट मैदानमा टेनिस बल नाइट क्रिकेट प्रतियोगिता हुनेछ।

१३ कात्तिक, काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

काठमाडौं किंग्सले बिहीबार दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा एक कार्यक्रम आयोजना गर्दै  जर्सी अनावरण र अफिसियल एन्थम पनि सार्वजनिक गरेको हो ।

काठमाडौँ किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दिपक नेपालीले टिमको जर्सी गरे । अध्यक्ष अमित अग्रहरीले एनएसपीएलका लागि काठमाडौं किंग्सको तयारी राम्रो रहेको र मैदानमा राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

यस्तै एन्थम तयार गरेका गायक तथा संगीतकार प्रिजोल नेपालीले काठमाडौँको संस्कृति र नेवारी समुदायसंग जोड्ने प्रयास स्वरुप एन्थम निर्माण गरिएको जानकारी दिए ।

ओम नेचर फुड्सको स्वामित्वमा रहेको काठमाडौं किंग्सको मार्की प्लेअरमा जितेन्द्र कार्की छन् भने प्रशिक्षकमा राम नरेश गिरी छन् ।

डिजिआर स्पोर्ट्सको आयोजनामा पहिलो पटक हुन लागेको टेनिस बल नाइट क्रिकेट नोभेम्बर १ देखि १० सम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । दश ओभर (टी१०)को फर्म्याटमा खेलाइने यस प्रतियोगिता कूल ७ टोलीको सहभागिता रहनेछ ।

नेपाल स्ट्रिट प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय