News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित घरमा बिहीबार मध्यराति अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका छन्।
- ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् र ८२ वर्षीया हजुरआमाको कोठामा बढी क्षति पुगेको छ।
- प्रेस चौतारी नेपालले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी कठघरामा उभ्याउन माग गरेको छ।
१४ कात्तिक, काठमाडौं। प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित घरमा गएराति ढुंगा प्रहार भएको छ।
लमजुङ सदरमुकाम बेशीसहरमा रहेको घरमा बिहीबार मध्यराति अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका हुन्।
ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन्। अध्यक्ष पाण्डेकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको बताइएको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्।
घटनापछि प्रेस चौतारी नेपालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो।’
चौतारीले २४ भदौदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिएको र त्यसको पछिल्लो कडीका रूपमा यो घटना भएको दाबी गरेको छ। महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन।’
चौतारीले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायसँग माग गरेको छ।
प्रतिक्रिया 4