 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजन मंसिर अन्त्यदेखि प्रसारण हुने घोषणा गरिएको छ।
- डिजिटल अडिसन २५ कार्तिकसम्म खुला रहने र सहभागीले नेपालीर्याप डटकममार्फत भिडियो अपलोड गर्न सक्ने जनाइएको छ।
- विजेताले १० लाख रुपैयाँ नगदसहित विश्व टूर र ब्रान्डसँग सहकार्य गर्ने अवसर पाउनेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन्।
काठमाडौं । अघिल्ला २ सिजन सफल भएसँगै हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजनको घोषणा गरिएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शोको घोषणा गरियो । सो अवसरमा डिजिटल अडिसन खुला गरिएको जनाइयो ।
अडिसन २५ कार्तिकसम्म खुला हुने जनाइएको छ । तेस्रो सिजनको शीर्ष प्रायोजकको रुपमा ‘रेड बुल’ हुने जनाइएको छ ।
डिजिटल तथा भौतिक दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन प्रतियोगीले नेपालीर्याप डटकममार्फत भिडियो अपलोड गर्न सक्नेछन् ।
साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, ह्वाट्स एप लगायतका प्लाटफर्मबाट पनि प्रस्तुतिको भिडियो पठाउन सक्ने जनाइएको छ ।
डिजिटल अडिसनको लागि बिट ‘श्रीपेच स्टुडियो’ युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ ।
विजेताले १० लाख रुपैयाँ नगदसहित विश्व टूरको मौका र ब्रान्डसँग सहकार्य गर्ने अवसर पाउनेछ । उपविजेताले ५ लाख रुपैयाँ नगदसहित विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।
पहिलो संस्करणको विजेता भाईबर साइमन, दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन् । दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलको छ ।
अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ ‘दोङ’ निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडालाई मात्र सार्वजनिक गरिएको छ ।
तेस्रो निर्णायक चाँडै नै सार्वजनिक गरिने जनाइएको छ । कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट छन् भने निर्देशकीय टिमको लिड भने विक्रम खनालले गर्नेछन् ।
शो प्रसारण मंसिर अन्त्यदेखि सुरु हुने जनाइएको छ । प्रसारण हुने टेलिभिजन च्यानल खुलाइएको छैन । ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिने उल्लेख छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4