+
+
Shares

संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १७:५०
फाइल तस्वीर

१४ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगको सिफारिस कार्यन्वयनबारे कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताए ।

आयोगका अनुसार ९० प्रतिशत सुझावहरू सरकारले कार्यान्वयन नगरेको गुनासो आएको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेको वर्तमान सरकार आयोगले दिने सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध छ । कार्यान्वयन हुनुपर्छ । कुन-कुन विषयमा कार्यान्वयन भएको छैन, त्यसमा हामी छलफल गर्नेछौँ । यसलाई सरकारले गर्नुपर्ने कार्यहरूमा हामीले सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने र सरकारको कार्यक्षेत्रभित्र रहेर गर्नेछौँ ।’

मन्त्री घिसिङले आफूले प्रधानमन्त्रीसम्म पनि यसबारे कुरा राख्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?