१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक चलिरहेका बेला एकीकृत समाजवादीका नेताहरू बैठकस्थल पेरिसडाँडा पुगेका छन् ।
एकीकृत समाजवादीका नेताहरू बेदुराम भुसाल र प्रमेश हमाल माओवादी केन्द्रको मुख्यालय पेरिडाँडाँ पुगेका हुन् । जहाँ माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठक भर्खरै सकिएको छ ।
सचिवालय बैठकमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत सहभागी छन् । जनार्दन शर्मा भने आफ्नो कुरा राखेर निस्किसकेका छन् ।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका नेताहरूसँग छलफल गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4