News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्स र यशराज फिल्म्सले विश्वभरका दर्शकलाई बलिउड फिल्म देखाउने साझेदारीको घोषणा गरेका छन्।
- शाहरुख खानको जन्मदिनको अवसरमा नोभेम्बर १ मा उनका ९ अविस्मरणीय फिल्म रिलिज हुनेछन्।
- डिसेम्बर २७ मा सलमान खानका तीन ब्लकबस्टर फिल्महरू स्ट्रिमिङ हुनेछन् र फेब्रुअरी ७ देखि आठ प्रेम कथा रिलिज हुनेछन्।
काठमाडौं । नेटफ्लिक्स र यशराज फिल्म्सले विश्वभरका दर्शकलाई प्रतिष्ठित बलिउड फिल्म देखाउने कार्यका लागि साझेदारीको घोषणा गरेका छन् ।
शनिबारदेखि दर्शकले नेटफ्ल्क्सिमा यशराज फिल्म्सले निर्माण गरेका फिल्म हेर्न पाएका छन् ।
यो साझेदारीले विशेष अवसर, चाडपर्व र फिल्मका विशेष क्षणमा रिलिज हुने यशराजका फिल्मको लाइनअपमा दर्शकलाई पहुँच दिन्छ । योसँगै दर्शकले आफूलाई मनपर्ने फिल्म घरमै बसेर हेर्ने मौका पाएका छन् ।
बलिउडका राजा मानिने अभिनेता शाहरुख खानको जन्मदिनको अवसरमा आइतबार दिलवाले दुल्हनिया ले जायेंगे, मोहब्बतें, दिल तो पागल है, वीरजारा, र चक दे इन्डियासहित उनका ९ अविस्मरणीय फिल्म नोभेम्बर १ मा उनको जन्मदिनको सप्ताहन्तमा रिलिज भएका छन् ।
त्यस्तै, सलमान खानका तीन ब्लकबस्टर फिल्महरू, एक था टाइगर, सुल्तान र टाइगर जिन्दा है, डिसेम्बर २७ मा सुपरस्टारको जन्मदिनको सम्झनामा स्ट्रिमिङ हुनेछन् ।
नोभेम्बर १४ देखि, यशराज फिल्म्सका क्लासिक हिट फिल्महरू, जस्तै चाँदनी, कभी कभी, विजय, लम्हे र सिलसिला रिलिज हुनेछन् । कालातीत सिनेम्याटिक अनुभव खोज्ने दर्शकका लागि उपलब्ध हुनेछन् ।
डिसेम्बर ५ मा अभिनेता रणवीर सिंह स्टारर फिल्महरू आउनेछन् । जस्तै, ब्यान्ड बाजा बारात, लेडीज भर्सेस रिकी बहल, किल दिल, बेफिक्रे र गुन्डे छन् ।
तपाईंको उत्सवको मूडका लागि उपयुक्त फिल्महरू बंटी और बबली, हम तुम, थोडा प्यार थोरै म्याजिक, मुझे दोस्ती करोगे र ता रा रम पम लगायत ३४ वटा चलचित्र छुट्टीको मौसममा स्ट्रिम हुनेछन्, ।
डिसेम्बर १२ देखि २८ सम्म दैनिक दुई चलचित्र प्रिमियर हुनेछन् । यो उत्सव सन् २०२६ सम्म चल्नेछ ।
फेब्रुअरी ७ देखि साथिया, इशकजादे, बचना ए हसीनो र सलाम नमस्ते सहित आठ प्रेम कथा रिलिज हुनेछन् । भ्यालेन्टाइन सप्ताहको संग्रह दर्शकलाई प्रेमको मौसममा आनन्द लिनको लागि रिलिज गरिनेछ ।
फ्यानहरूले यशराजका ब्लकबस्टर फ्रान्चाइजीहरू, जस्तै धूम ट्रियोलजी (नोभेम्बर २८ बाट स्ट्रिमिङ) र मर्दानी श्रृंखला (जनवरी २२, २०२६) को पनि प्रतीक्षा गर्न सक्छन् ।
यशराज फिल्म्सको स्थायी विरासत र नेटफ्लिक्ससँग यसको नयाँ अध्यायलाई प्रतिबिम्बित गर्दै कम्पनीका सीईओ अक्षय विधानीले भने, ‘५० वर्षभन्दा बढी समयदेखि, यशराज फिल्म्सले आफ्ना प्रतिष्ठित कथामार्फत भारतीय सिनेमाको हृदय र आत्मालाई आकार दिन मद्दत गर्ने भूमिका खेलेको छ ।’
‘यो उल्लेखनीय सिनेमाको विरासतलाई नेटफ्लिक्समा ल्याउँदा संसारले भारत र भारतीय सिनेमाको रंग, संगीत र जादू अनुभव गर्न पाउँछ जुन वाइआरएफले सधैं मनाउँदै आएको छ’ उनले भने, ‘यी चलचित्रले सपनाहरू परिभाषित गरेका छन्, पुस्ताहरूलाई प्रेरित गरेका छन् र भारतीय कथावाचनको मुटुको धड्कन संसारमा पुर्याएका छन् र हामी नेटफ्लिक्समा उनीहरूको घर भएकोमा गर्व गर्छौं ।’
उनले अघि भने, ‘हाम्रो लाइब्रेरी केवल प्रतिष्ठित चलचित्रको संग्रह मात्र होइन, यो ५ दशकको संस्कृति, रचनात्मकता र जोशको प्रवेशद्वार हो । हामी उत्साहित छौं कि यो विरासतले अब नयाँ दर्शक फेला पार्नेछ र नेटफ्लिक्समा विश्वव्यापी रूपमा नयाँ पुस्तासँग कुरा गर्नेछ ।’
नेटफ्लिक्स इन्डियाकी कन्टेन्ट उपाध्यक्ष मोनिका शेरगिलले भनिन्, ‘यो साझेदारी नेटफ्लिक्समा भारतीय सिनेमाको लागि एउटा कोसेढुङ्गा हो । लगभग एक दशकदेखि, हामी विश्वभरका दर्शकलाई खुसी पार्दै भारत उत्कृष्ट कथाको घर भएकोमा गर्व गरिरहेका छौं ।’
प्रतिक्रिया 4