+
+
Shares

सुशान्तले पूरा गरे बचन : ‘भ्वाइस किड्स’ स्टार अस्मी, यशस्वीसँग ल्याए ‘तबाही’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवापुस्ताका चर्चित गायक सुशान्त केसीले टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को दोस्रो सिजनमा कोच भएर प्रतिबद्धता पूरा गरेका छन्।
  • उनको टिमका अस्मी खवास र यशस्वी खड्कालाई लिएर सुशान्तले नयाँ गीत 'तबाही' तयार पारेका छन्।
  • गीतमा सुशान्तको लेखन, निर्माण र प्रस्तुति रहेको छ र अस्मी र यशस्वी फिचर्ड छन्, जसले सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया पाएको छ।

काठमाडौं । युवापुस्ताका चर्चित गायक सुशान्त केसीले आफूले गरेको सांगीतिक प्रतिबद्धता पूरा गरेका छन् ।

टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को दोस्रो सिजनमा केसी कोचको रुपमा थिए । उनको टिमबाट अस्मी खवास र यशस्वी खड्काले प्रतिस्पर्धा गरेका थिए । दुबैले भ्वाइसको प्लाटफर्ममा सांगीतिक छाप पनि छाडे ।

ती दुई बालगायिकाको प्रस्तुतिले सुशान्त प्रभावित नहुने कुरै भएन । तर, उपाधि नजितेपनि उनीहरूले सबैको मन जिते । उनीहरू फाइनलमै बाहिरिनुपर्‍यो ।

त्यतिबेला कोच सुशान्तले प्रतिबद्धता जनाएका थिए- दुवैलाई लिएर एउटा गीत तयार पार्ने । उक्त प्रतिबद्धताअनुसार नै सुशान्तले नयाँ गीत ल्याएका छन्- तबाही ।

सुशान्तको लेखन, निर्माण र प्रस्तुति रहेको गीतमा अस्मी र यशस्वी फिचर्ड छन् । यो गीतले युट्युब र सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

अहिले ‘भ्वाइस अफ नेपाल’को सातौं सिजन चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?