News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड स्टार किम कार्दासियनले सन् १९६९ को अपोलो ११ चन्द्रमामा अवतरण नक्कली भएको बताएकी छिन्।
- नासाका कार्यवाहक प्रशासक सीन डफीले किमको अभिव्यक्तिलाई खण्डन गर्दै चन्द्रमा अवतरण ६ पटक भएको उल्लेख गर्नुभयो।
- डफीले सन् २०२६ मा अमेरिका चन्द्रमामा फर्कने र सन् २०२७ मा नयाँ अवतरण गर्ने योजना रहेको जानकारी दिनुभयो।
लस एन्जलस । सन् १९६९ मा ‘अपोलो ११’ यानले चन्द्रमामा अवतरण गरेको कुरा नक्कली रहेको बताएपछि हलिउड स्टार किम कार्दासियन र अमेरिकी अन्तरीक्ष नियोग नासा आमनेसामने भएका छन् ।
किमले हालैको आफ्नो एक भिडियोमा पुरानो ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्दै चन्द्र अवतरण फेक रहेको बताएकी थिइन् । उनको स्टार-पावर यति बलियो भयो कि, नासाका प्रमुखले विज्ञप्ति नै जारी गर्दै कार्दासियनको अभिव्यक्तिको खण्डन गर्नुपर्यो ।
हुलुको लामो समयदेखि चलिरहेको पारिवारिक शो “द कार्दशियन्स“ को नयाँ एपिसोडमा, किमले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ र बज एल्ड्रिनको चन्द्रमा अवतरण एक काल्पनिक कुरा रहेको बताएकी छन् ।
एल्ड्रिनको अन्तर्वार्ताको अनलाइन भिडियो देखेपछि आफू यस कुरामा विश्वस्त बनाएको उनले बताएकी छिन् । उनले आफ्नो टिप्पणीलाई चन्द्रमामा अवतरण कहिल्यै भएन भन्ने अर्थमा व्याख्या गरेकी छिन् ।
सन् १९७० को दशकदेखि, शंकालुहरूले यो धारणा फैलाएका छन् कि विश्वभरका लाखौं मानिसले प्रत्यक्ष हेरेको उक्त मिसन वास्तवमा नाटकीय थियो ।
अमेरिकी यातायातमन्त्री तथा नासाका कार्यवाहक प्रशासक सीन डफीले कार्दशियनले आफ्ना ४० लाख दर्शकलाई यो विचार अँगालेको बताएपछि यसलाई खण्डन गर्न समय खेर फालेनन् । तत्कालै खण्डन गर्नुपर्यो ।
“हो, किम कार्दासियन । हामी पहिले पनि चन्द्रमामा गएका छौं । ६ पटक !’ डफीले बिहीबार एक्स सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे ।
उनले लेखेका छन्, ‘अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा चन्द्रमामा फर्किरहेको छ सन् २०२६ मा । आर्टेमिस दोस्रो मिसनले सन् २०२७ मा योजनाबद्ध चन्द्रमा अवतरण गर्नुअघि, चन्द्रमाको वरिपरि १० दिनको यात्रामा अन्तरिक्ष यात्रीहरूलाई पठाउने तालिका छ ।’
“हामीले अन्तिम अन्तरिक्ष दौड जित्यौं र यो पनि जित्नेछौं,“ डफीले लेखे ।
कार्दशियनले एउटा भिडियोलाई उद्धृत गरिन् जसमा ९५ वर्षकी एल्ड्रिनलाई अपोलो मिसनको क्रममा “सबैभन्दा डरलाग्दो क्षण“ कुन थियो भनेर सोधिएको थियो । आफ्नो फोनबाट पढ्दै, कार्दशियनले एल्ड्रिनलाई यसो भनिरहेको उद्धृत गरिन्, “त्यहाँ कुनै डरलाग्दो क्षण थिएन, किनकि त्यो भएन ।’
त्यसपछि रियालिटी स्टारले भनिन्, “त्यसो भए मलाई लाग्छ यो भएन ।’
रोयटर्सबाट ।
प्रतिक्रिया 4