+
+
Shares

बाल सुधारगृहबाट फरार १७ जना बन्दी पक्राउ

भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधारगृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी आइतबार दिउँसो फरार भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर सानोथिमि बाल सुधारगृहबाट २० जना बन्दी आइतबार फरार भएका थिए, जसमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा १६५ बन्दी फरार भएपछि २० बालबन्दीले पनि सुधारगृहबाट विद्रोह गरेर फरार भएका थिए।
  • प्रहरीले फरार १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको र बाँकी तीन जनाको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए।

१७ कात्तिक, भक्तपुर। भक्तपुर सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।

भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधारगृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी आइतबार दिउँसो फरार भएका थिए ।

फरार भएकामध्ये आइतबार र आज गरी १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । बाँकी तीन जनाको पनि खोजीकार्य जारी भइरहको उनले बताए ।

बाल सुधारगृहमा प्रहरी प्रवेश गर्न नपाउने, आन्तरिक सुरक्षाको व्यवस्था प्रहरीसँग नरहेकाले बन्दीहरूबीच झडप हुने, फरार हुने क्रम यसअघि पनि हुने गरेको थियो । बन्दीहरू फरार भएको खबर आएपछि मात्रै प्रहरीले सुधारगृह बाहिर उनीहरूको खोजीकार्य सुरु गरेको प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?