१८ कात्तिक, काठमाडौं । कीर्तिमानी आरोही फुर्वा तेन्जिङ दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालको हिम पहिरोमा नपरेको उनका दाजु पेम्बा शेर्पाले बताएका छन् ।
उनले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भाइ सुरक्षित रहेको बताए । ‘भाइ तेन्जिङसहितको टोली आरोहणमा गएर फर्किसकेको थियो, ऊ फर्किसकेपछि अर्को टोली हिमपहिरोमा परेको हो,’ उनका दाजु पेम्बाले भने ।
उनले भाइ अहिले गाउँमै रहेको र हिमपहिरोमा परेकाहरुको खोज तथा उद्धारमा सक्रिय भइरहेको बताए ।
दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञान कुमार महतोले हिमपहिरोमा फुर्वा तेन्जिङ बेपत्ता भएको बताएका थिए ।
फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् ।
ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणका लागि तीन विदेशी आरोही र ५ जना नेपाली टुरिष्ट गाइड सहित ८ जना र स्थानीय गाइड समेत १४ जना यलुङ री बेस क्याम्प पुगेका बेला हिमपहिरोमा परेका थिए ।
हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । बाँकी ४ जनाको हेलिकप्टर मार्फÞत उद्धार भएको छ ।
प्रतिक्रिया 4