News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ।
- नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणमा समेट्न र समाजवादको लक्ष्यसम्म पुग्न भएको बताए।
- महाधिवेशन आयोजक समितिका सदस्यहरूले श्रेष्ठको प्रस्ताव ताली बजाएर पारित गरेका हुन्।
१८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ।
बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए।
उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्।
त्यसक्रममा श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्नका निम्ति मात्र गर्न लागिएको नभई जेन–जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्य सम्म पुग्नका निम्ति भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4