+
+
Shares

राहदानी वितरणको अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्रीको निर्देशन- अभाव हुन नदिनू

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते २०:२२

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे जानकारी लिएकी छिन् ।

परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले राहदानी वितरणबारे जानकारी लिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई छलफलमा बोलाएकी थिइन् ।

सो क्रममा उनले राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिएको उनको सचिवालयले जनाएको छ ।

राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनको निर्देशन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?