तस्वीर : चन्द्रबहादुर आले
१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् ।
काठमाडौंको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।
उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन् । उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।
नयाँ दल दर्ता गर्ने बताएका खनाल अन्तत: प्रचण्ड–माधवसहितको एकतामै सहभागी हुन पुगेका हुन् ।
यसअघि उनी हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्न पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4