News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको केन्टुकीमा यूपीएस कार्गो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।
- लुइविल विमानस्थलबाट उडान भर्नेक्रममा विमानमा आगलागी भई कम्तीमा ११ जना घाइते भएका छन्।
- विमानमा झण्डै ३८ हजार ग्यालेन इन्धन भरिएको र आगलागीले नजिकैको कारोबारी प्रतिष्ठान समेत चपेटामा परेको छ।
१९ कात्तिक, काठमाडौं । अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
केन्टुकीका गभर्नर एन्डी बेशियरले दिएको जानकारी अनुसार लुइविल विमानस्थलबाट उडान भर्नेक्रममा यूपीएस कार्गो विमानमा आगलागी भएको थियो ।
यसअघि विमान दुर्घटनामा तीन जनाको मात्र मृत्यु भएको बताइएको थियो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
घटनामा कम्तीमा ११ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार विमान सवार रहेकाहरूलाई गम्भीर चोट लागेको देखिएको छ ।
विमानमा झण्डै ३८ हजार ग्यालेन इन्धन भरिएको थियो । जस कारण पनि भयानक विस्फोट हुन पुग्यो । आगलागीले नजिकैको एक कारोबारी प्रतिष्ठान समेत चपेटमा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4