News Summary
Generated by OK AI. Editorially reviewed.- दीपकप्रसाद आचार्य निर्देशित फिल्म 'परान'ले प्रदर्शनको छैटौं दिनसम्म बक्सअफिसमा १ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
- फिल्मले बाबु र सन्तानबीचको सम्बन्धको कथामा आधारित भएर सकारात्मक प्रतिक्रिया र उत्कृष्ट शोसहित अकुपेन्सी प्राप्त गरेको छ।
- शुक्रबारदेखि नयाँ फिल्म 'जारी २' र 'मनबिनाको धन' आउने भएकाले 'परान'लाई चुनौती हुने देखिन्छ।
काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
बाबु र सन्तानबीचको सम्बन्धको मर्मस्पर्शी कथावस्तुमा आधारित फिल्मले उत्कृष्ट शोसहित अकुपेन्सी पनि प्राप्त गरेको देखिएको छ ।
फिल्मले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरेको छ । प्रदर्शनको छैटौं दिन बुधबारसम्म फिल्मले बक्सअफिसमा १ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
रोचक के छ भने, सकारात्मक ‘वर्ड अफ माउथ’को मद्दतमा फिल्मको कमाइ विकडेजमा उकालो लागेको देखिन्छ । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ लगायतको शीर्ष भूमिका छ ।
शुक्रबारदेखि ‘जारी २’ र ‘मनबिनाको धन’जस्ता नयाँ फिल्म आउने भएकाले ‘परान’लाई चुनौती हुनसक्ने देखिन्छ । त्यो चुनौतीसँग कसरी फिल्म भिड्ला, यो रोचक हुनेछ ।
फिल्मले दोस्रो शुक्रबार देशब्यापी ११९ वटा शोज पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4