News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा अपग्रेड गर्ने कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ।
- निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बजार व्यवस्थापन र यात्रुसेवा विभागका निर्देशकलाई अपग्रेड अधिकार प्रयोग नगर्न निर्देशन दिएका छन्।
- अधिकार क्षेत्रभन्दा बाहिर अपग्रेड गरे वा लगाएको पाइए आर्थिक र विभागीय कारबाही हुने परिपत्रमा उल्लेख छ।
२० कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले इकोनोमी क्लासका यात्रुलाई बिजनेस क्लासमा ‘अपग्रेड’ गरिए त्यसो गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
नेवानिका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकलाई परिपत्र गर्दै त्यस्तो गरेको पाइए आर्थिक सहित विभागीय कारबाही हुने जानकारी गराएका हुन् ।
नेवानिका बजार व्यवस्थापन विभाग र यात्रुसेवा विभागका निर्देशकहरूको ‘जब डिस्क्रिप्सन’ मा बिजनेस क्लासमा अपग्रेड गर्ने सम्बन्धी अधिकार दिइने गरिएको छ ।
तर, अबका दिनमा त्यस्तो अधिकार प्रयोग गर्न र गर्न नदिन निमित्त महाप्रबन्धकले निर्देशन दिएका हुन् ।
नेवानिका जहाजमा इकोनोमी क्लासका टिकट काटेका यात्रुलाई चिनजान र पहुँचका आधारमा बिजनेस क्लासमा अपग्रेड गरिदिने विकृति लामो समयदेखि रहँदै आएको छ ।
‘बजार व्यवस्थापन विभाग एवं यात्रुसेवा विभागको निर्देशकहरूको जब डिस्क्रिप्सनमा रहेको बिजनेस क्लास अपग्रेड सम्बन्धी अधिकार कार्यान्वयन नगर्नू/नगराउनू हुन निर्देश गरिन्छ,’ निमित्त महाप्रबन्धक कालाखेतीले जारी गरेको परिपत्रमा छ ।
त्यस्तै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई कसैले अपग्रेड गरे वा गर्न लगाएको पाइए आर्थिक सहित विभागीय कारबाही हुने पनि निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया 4