+
+
Shares

अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १४:१८

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको उनले बताए ।

कांग्रेस रौतहटका पूर्वसभापति आलमको गएराति ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?