News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा १५ रुपैयाँले बढेर १ सय २० रुपैयाँ पुगेको छ।
- लौकाको भाउ पनि प्रतिकिलो थोकमा २५ रुपैयाँले बढेर ८० रुपैयाँ कायम भएको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शनिबार र आइतबारको मूल्य वृद्धि देखाएको छ।
२३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई तरकारीको भाउ बढेको देखाएको हो ।
आज आइतबार कालीमाटी बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो शनिबार किलोको थोकमा १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।
आज तिते करेलाको भाउ प्रतिकिलो थोकमा १ सय २० रुपैयाँ कायम छ ।
यस्तै आज लौकाको भाउ पनि थोकमा किलोको औसत २५ रुपैयाँ बढेको तथ्यांकले देखाउँछ । आज लौका प्रतिकिलो थोकमा ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार भने लौका प्रतिकिलो थोकमा ५५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4