+
+
Shares

पहिलो त्रैमास विवरणले निराश सेयर बजार, नेप्से घट्यो ३० अंक  

सूचीकृत कम्पनीको कार्यसम्पादन सन्तुष्टिजनक नभएपछि त्यसको असर सेयर बजारमा देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक देखिएको छ।
  • आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ अंकमा झरेको छ र ४ अर्ब ९० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ।
  • सूचीकृत कम्पनीको कमजोर कार्यसम्पादन र सुस्त अर्थतन्त्रका कारण बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत् लगायत सबै समूहगत परिसूचक घटेका छन्।

२३ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक भएको छ ।

सूचीकृत कम्पनीको कार्यसम्पादन सन्तुष्टिजनक नभएपछि त्यसको असर सेयर बजारमा देखिएको हो । चालु आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ । त्यसैगरी राष्ट्रियस्तरका विकास बैंकहरूको पनि नाफा घटेको छ ।

जेनजी आन्दोलन र सुस्त अर्थतन्त्रका कारण नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको आम्दानी प्रभावित भएको उनीहरूले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विरणले देखाएको छ ।

सूचीकृत कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछिको आइतबारको सेयर कारोबारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३० अंकले घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ ।

आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २५९८.४ अंकमा रहेको नेप्से सूचक ३०.०२ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २५६६.०९ अंकमा झरेको छ ।

आइतबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र सूचकमा परेको नेप्सेले जनाएको छ । आइतबार नेप्सेमा कारोबार भएका २ सय २२ कम्पनीको सेयर मूल्य घटकेो छ । त्यसैगरी २८ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइतबार नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचक घटेका छन् । बैंकिङ १७.७२ अंकले घटेको छ भने विकास बैंक समूह ९८.६१ अंक घटेको नेप्सेले जनाएको छ ।

त्यसैगरी वित्त ६९.४९, होटल ४३.३८, जलविद्युत् ३९.४०, लगानी १.६३, जीवन बीमा १७४.९५, उत्पादनमूलक ६२.१२, लघुवित्त ६२.८६, सामूहिक लगानी कोष ०.२१, निर्जीवन बीमा १४४.६८, अन्य समूह ३.०३ र व्यापार समूह २१.९५ अंकले घटेको छ ।

आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको ४७ हजार २ सय ६८ कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबर १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

यो कारोबार करम गत साता बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा ५ अर्ब ३२ करोड रुपैयाँ बराबर कारोबार भएको थियो ।

आइतबार दरमखोला हाइड्रो, मैलुङ इनर्जी, सागर डिस्टिलरी, रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?